चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि उपभोक्तालाई राहत
Read the full story at Nagarik News

झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आउँदो मङ्सिर महिनादेखि लागू हुने गरी खानेपानीको महसुल घटाएको छ। समितिले विशेषगरी निम्न वर्गीय उपभोक्तालाई राहत दिने उद्देश्यले सबै श्रेणीको महसुल दर घटाएको हो। मेचीनगर नगरपालिकाको वडा नं ११, १२ र १३ मा सेवा दिँदै आएको संस्थाको नयाँ निर्णयअनुसार अब १० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताले मासिक १७५ रुपैयाँ मात्र तिरे पुग्नेछ। यसअघि यस श्रेणीका ग्राहकले मासिक २०० रुपैयाँ भुक्तानी गर्दै आएका थिए।
शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएकाले विपन्न परिवारको पहुँच सहज बनाउन साधारणसभाबाट महसुल घटाउने प्रस्ताव पारित गरिएको समितिका अध्यक्ष राजन चिमौरियाले बताए। उनका अनुसार १० हजारभन्दा माथि २० हजार लिटरसम्म पानी उपयोग गर्ने उपभोक्ताले अब प्रतिहजार लिटर ३० रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ। यसअघि यो दर प्रतिहजार लिटर ३२ रुपैयाँ रहेको थियो। त्यस्तै, मासिक २० हजारदेखि ३० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रतिहजार लिटर ४२ रुपैयाँ तिर्दै आएकोमा अब ४० रुपैयाँ मात्र तिर्नुपर्ने भएको छ।
३१ हजार लिटरभन्दा माथि खपत गर्नेको हकमा भने प्रतिहजार लिटर ६५ रुपैयाँबाट घटाएर ६० रुपैयाँ कायम गरिएको छ। साधारणसभाबाट अनुमोदन भएको यो नयाँ महसुल दर आउँदो मङ्सिरदेखि कार्यान्वयनमा आउने अध्यक्ष चिमौरियाले जानकारी दिए।
More politics
- फाल्गुनन्दको मार्गनिर्देशले सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेलNepal Khabar
- सवारी दुर्घटना: ९ जनाको मृत्यु, २७७ घाइते (मृतकको नामावली)Nepal Khabar
- २ मोटरसाइकल ठोकिँदा लाग्यो आगो, १ जनाको मृत्यु, ४ घाइतेNepal Khabar
- भाइटीका लगाउन रानीपोखरीNepal Khabar
- मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिनेNepal Khabar
- चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमाNepal Khabar