नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति
Read the full story at Ratopati

नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ। कोप–३१ का अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र साउथ पोलबीच भएको यो सहमतिअनुसार क्षेत्रगत वन कार्बन कार्यक्रम विकास गरिनेछ। आर्किटेक्चर फर रेड्ड प्लस ट्रान्ज्याक्सन्सको मापदण्डअनुसार सञ्चालन हुने यस कार्यक्रमले वन विनाशबाट हुने उत्सर्जन घटाउने, दिगो वन व्यवस्थापन गर्ने र वन डढेलो नियन्त्रण गर्ने लक्ष्य राखेको छ।
यसबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने वन कार्बन क्रेडिट उत्पादन गरिनेछ। साउथ पोलले प्राविधिक डिजाइन, लगानी र बजार व्यवस्थापनमा सहयोग गर्नेछ। कृषिमन्त्री गीता चौधरीले यस सहकार्यले वन संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
साउथ पोलका प्रमुख कार्यकारी अधिकृत नादिया काद्दुरीले सन् २०२७ को कोर्सियाको दोस्रो चरणअघि उच्च गुणस्तरको कार्बन क्रेडिट आपूर्ति बढाउनुपर्ने आवश्यकता औँल्याइन्।
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- COP31: Protesters, UN urge swift climate dealDW
- Coimbatore Forest Division to raise wildlife monitoring and patrol fleet of AI-enabled dronesThe Hindu
- लुम्बिनी क्वालिफायरमा, विराटनगर बाहिरिँदा काठमाडौँ र चितवनलाई प्लेअफको बाटो खुलाRatopati
- सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी मन्त्री भारत जानेRatopati
- Australian PM caught making genital joke with climate minister at COP31 - watchTimes of India