Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

एनभिडियाका प्रमुख जेन्सन हुआङसँग सम्बन्धमा रहेकी भनिएकी चिनियाँ जासुस को हुन् ?

Read the full story at Onlinekhabar (Nepali)

एनभिडियाका प्रमुख जेन्सन हुआङसँग सम्बन्धमा रहेकी भनिएकी चिनियाँ जासुस को हुन् ?

२४ कात्तिक, काठमाडौं । विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्येको एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ एकैपटक दुई विवादमा तानिएका छन् । चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक चिनियाँ व्यवसायीसँग उनको निकट सम्बन्ध रहेको अमेरिकी गुप्तचर निकायको दाबी सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ । अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार चिनियाँ व्यवसायी एलिस हुआङलाई चीनको उच्चस्तरीय गुप्तचर निकायले जासुसीका लागि परिचालन गरेको अमेरिकी अधिकारीहरूको आशंका थियो ।

यो विषय सार्वजनिक भएसँगै विश्वकै शक्तिशाली प्रविधि कम्पनी एनभिडियाले घटनाबारे आन्तरिक अनुसन्धान थालेको छ । यद्यपि, कम्पनीले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै सम्झौता भएको आफूलाई नलागेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस प्रकरणमा एफबीआईले अनुसन्धान गरिरहेको बताएका छन् । उनले सोमबार हुआङसँग कुराकानी गरेको जानकारी दिँदै जासुसीको आशंकाबारे आफूले सोधेको बताएका थिए ।

ट्रम्पका अनुसार हुआङले एलिस हुआङ जासुस भएको आफूलाई कुनै जानकारी नभएको जवाफ दिएका थिए । ट्रम्पले हुआङमाथि आफूलाई विश्वास रहेको पनि बताएका छन् । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार एलिस हुआङलाई चीनको प्रमुख गुप्तचर निकायले जासुसीका लागि भर्ती गरेको अमेरिकी अधिकारीहरूको विश्वास थियो ।