Skip to main content
राजनीतिNagarik News

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

Read the full story at Nagarik News

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

ठेलागाडा व्यापारीमाथि दुर्व्यवहार गरिएको एक पुरानो भिडियोलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ। राप्रपा सांसद शाहीले सामाजिक सञ्जालमा टिप्पणी गर्दै गरिब जनताको रोजीरोटी खोस्ने धम्की नदिन सांसद तामाङलाई चेतावनी दिएका छन्। ‘एकजना माननीय सांसदज्यूले ठेलागाडामा सामान बोकेर जीविकोपार्जन गरिरहेका व्यक्तिहरूलाई महानगरको धाकधम्की दिँदै तेरो सामान फालिदिन्छु भनिरहेको देखियो,’ शाहीले लेखेका छन्, ‘माननीयज्यू, सबैको जीवन तपाईंको जस्तो सहज र सुखी हुँदैन।

दसैं-तिहारको यो बेला ठेलागाडामा सामान बेच्ने मानिसले दिनभर कमाएको पैसाबाट साँझ परिवारको पेट भर्नुपर्छ।’ व्यवस्थापन र नियम लागू गर्नुपर्ने तर गरिबको रोजीरोटीमाथि प्रहार गर्न नहुने बताउँदै शाहीले थपे, ‘कसैका लागि त्यही ठेलागाडा परिवार पाल्ने अन्तिम सहारा हो। यो देश सिर्फ अरबपति, खरबपति र एनजीओ/आईएनजीओमा काम गर्नेहरूको मात्र होइन। यो देश गरिब, मजदुर, किसान र निमुखा जनताको पनि हो।’ शाहीको उक्त स्टाटसपछि रास्वपा सांसद आशिका तामाङले प्रतिवाद गरिन्।

भाइरल भिडियो आफू सांसद बन्नुभन्दा ११ महिनापहिले एक सामान्य नागरिक हुँदाको भएको उनले बताइन्। ‘आजभन्दा ठ्याक्कै ११ महिनापहिले म एक साधारण नागरिक मात्र थिएँ।