Skip to main content
समाजRatopati

गौरी मल्लको फिल्मी फण्डाप्रति गायक सन्जय श्रेष्ठ आक्रोशित

Read the full story at Ratopati

गौरी मल्लको फिल्मी फण्डाप्रति गायक सन्जय श्रेष्ठ आक्रोशित

काठमाडौँ । गायक सन्जय श्रेष्ठले चलचित्र ‘ककाकिकी’को प्रचारका लागि गरिएको कलाकार पक्राउको नाटकप्रति कडा आक्रोश व्यक्त गरेका छन् । चर्चा बटुल्न र दर्शकको ध्यान तान्न अपनाइएको उक्त प्रचार शैलीको आलोचना गर्दै उनले यस्ता हर्कतले चलचित्र प्रति नै दर्शकमा घृणा पैदा गर्ने टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यस्तै यस्तै निचताको पराकाष्ठा नाघ्ने हर्कत र गोबरलाइ सुन बनाउन खोज्ने तिमिहरूको नौटङ्कीले तिमिहरूको सिनेमाप्रति दर्शकको घृणा उत्पन्न हुन्छ...अनि चल्दैन । ’ शनिबार आयोजित चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रमको अन्तिमतिर अचानक ४–५ जनाको सङ्ख्यामा ‘प्रहरी’ हलभित्र प्रवेश गरेका थिए । कार्यक्रम चलिरहेकै बेला हलमा छिरेका प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिँदै चलचित्रका निर्देशक बिक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल तथा कलाकारहरू मनोज गजुरेल, शिशिर वाङ्देललगायतलाई नियन्त्रणमा लिए जसरी बाहिर निकालेर प्रहरी भ्यानमा चढाएका थिए ।

अप्रत्याशित रूपमा भएको उक्त दृश्यलाई सुरुमा कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा सर्वसाधारणले वास्तविक प्रहरी कारबाही ठानेका थिए । तर, पछि उक्त घटना वास्तविक नभई चलचित्र प्रचारका लागि गरिएको नाटक मात्र भएको खुलेको थियो ।