भीमफेदीको चिसापानीमा गाडी दुर्घटना, १० जनाको मृत्यु, ५ जना घाइते
Read the full story at Bizmandu
काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बिहीबार (आज) बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्रका डीएसपीको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलीले उद्धार जारी राखेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। अपडेट (१० बजे) : तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइयो दुर्घटनाका घाइतेमध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ। घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव छन्।
प्रहरीका अनुसार मुकेशको टाउको र ढाडमा चोट लागेको छ, अवस्था सामान्य छ। त्यसैगरी, सक्षमको शरीरमा भित्री चोट लागेको आशंका छ, यद्यपि अवस्था सामान्य देखिएको छ। सुदन यादवको टाउको र मुखमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको जनाइएको छ।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- ४० लाख ब्यारेल तेल बोकेका २ ट्यांकर हर्मुजमा विष्फोटDC Nepal
- अर्डर कम आएपछि आत्तिएका सुन व्यापारी कारोबारबाट खुशी, तिहारमा कति किलो बेचे?Bizmandu
- सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ संकलन, आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्योSetopati
- सिटी सफारीको ठक्करबाट एक जनाको मृत्युDC Nepal