हराएका ५० बाइक स्कूटर भेटिए
Read the full story at Nagarik News

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरे । उनका अनुसार हस्तान्तरण गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर रहेका छन् ।
ट्राफिक प्रहरीले विभिन्न समयमा प्राप्त निवेदनका आधारमा खोजतलास गर्दा ती सवारीसाधन फेला पारेको जनाएको छ । कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख काफ्लेले सवारीसाधनको सुरक्षामा स्वयं धनी पनि सचेत हुनुपर्ने बताउँदै हराए वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरे । उनले सवारीसाधन जथाभावी तथा एकान्त स्थानमा पार्किङ नगर्न, जिपीएसलगायत सुरक्षा उपकरण जडान गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिए ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म हराएका तथा चोरी भएका ३०३ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाइ सकिएको जानकारी दिए। उनका अनुसार चालु आवमा मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा पठाइएको छ ।
More politics
- मधेस सरकारबाट नेकपाका मन्त्रीले दिए राजीनामाNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैनNepal Khabar
- जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कतिNepal Khabar
- फेरि आयो अमिताभ बच्चनको बंगला बमले उडाउने धम्की, मुम्बईमा ‘अलर्ट’ जारीNepal Khabar
- न्यायाधीश कार्यकारी नेतृत्वसँग भेट्न जाने कुराले न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठ्छ: वर्षमानNepal Khabar