बढ्दै वायु प्रदूषण, काठमाडौं उपत्यका आज पनि अस्वथकर
Read the full story at Onlinekhabar (Nepali)

स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने संस्था आईक्यूएयरका अनुसार बिहीबारजस्तै आज शुक्रबार बिहान पनि उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको छ । आगामी आइतबारसम्मै वायु प्रदूषण अस्वस्थकर तहमा रहने पूर्वानुमान छ । आईक्यूएयरले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा आज बिहान वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ छ । हिजो काठमाडौंको मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ सम्म पुगेको थियो ।
आज बिहान सवा ९ बजेसम्म भने मध्यबानेश्वर क्षेत्रमा १२७ एक्यूआई छ । काठमाडौं महानगरपालिकाको एयर क्वालिटी मनिटरिङ ड्यासबोर्डमा अनुसार स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडिबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँ क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर तहमा छ । सुक्खा मौसममा वर्षा कम हुने र हावामा धुलो तथा प्रदूषित कणको मात्रा बढ्ने भएकाले उपत्यकाको वायु गुणस्तर थप खस्किने गर्दछ । वायु गुणस्तर सूचकांक अनुसार हावामा पीएम २.५ को मात्रा १०१ देखि १५० सम्म हुनुलाई संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ ।
यस्तो अवस्थामा विशेष गरी स्वासप्रश्वासका बिरामी, वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू जस्ता संवेदनशील समूहका मानिस थप जोखिममा पर्ने जानकारहरू बताउँछन् । पीएम २.५ को मात्रा १५१ देखि २०० सम्म पुगेमा सबैका लागि अस्वस्थकर मानिन्छ ।
More environment
- हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्काNepal Khabar
- सुदूरपश्चिम, मधेसलाई बेवास्ता गरेर चितवनलाई मात्र प्राथमिकता दिने पक्षमा म छैन : रवि लामिछाने (भिडिओ)Nepal Khabar
- हिजो तोलामा १३ हजार ३ सय बढेको सुनको मूल्यमा आज फेरि पहिरो, चाँदी पनि सस्तियोNepal Khabar
- Air quality of Delhi worsens, many parts reel under ‘severe’ level air pollutionThe Hindu
- हिमाली क्षेत्रमा जलउत्पन्न विपद् रोक्न एकीकृत पूर्वसूचना प्रणाली बनाइनेNagarik News
- Two Iowa families donate 21 acres for wildlife and public recreationTimes of India