हिमाली क्षेत्रमा जलउत्पन्न विपद् रोक्न एकीकृत पूर्वसूचना प्रणाली बनाइने
Read the full story at Nagarik News

नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जलउत्पन्न विपद्, हिमनदी ताल विस्फोटनबाट आउने बाढी तथा शृङ्खलाबद्ध जोखिम न्यूनीकरण गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली विकास गरिने भएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बिहीबार आयोजना गरेको ‘जलविज्ञानको प्रगति, उदीयमान चुनौतीहरू, नवप्रवर्तन र भावी दिशा’ विषयक उच्चस्तरीय विज्ञ परामर्श कार्यशालाले यस्तो प्रणाली विकास गर्न दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउने निष्कर्ष निकालेको हो।
कार्यशालामा सहभागी जलविज्ञान, हिमनद विज्ञान, जलवायु परिवर्तन, भूविज्ञान तथा विपद् जोखिम न्यूनीकरण क्षेत्रका विज्ञहरूले नेपालका हिमाली तथा पहाडी नदी बेसिनमा बढ्दै गएका जटिल जोखिम सम्बोधन गर्न आधुनिक प्रविधिमा आधारित अनुगमन, पूर्वानुमान र पूर्वसूचना प्रणाली आवश्यक रहेको औँल्याए। कार्यक्रममा सरकारी निकाय, विकास साझेदार तथा अनुसन्धान संस्थाका प्रतिनिधिसहित करिब ५० जनाको सहभागिता थियो।
कार्यशालामा भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी नदी बेसिनमा हालै भएका विनाशकारी बाढी तथा पहिरोका घटनाबाट सिकिएका पाठबारे समीक्षा गरिएको थियो।
More environment
- हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्काNepal Khabar
- सुदूरपश्चिम, मधेसलाई बेवास्ता गरेर चितवनलाई मात्र प्राथमिकता दिने पक्षमा म छैन : रवि लामिछाने (भिडिओ)Nepal Khabar
- हिजो तोलामा १३ हजार ३ सय बढेको सुनको मूल्यमा आज फेरि पहिरो, चाँदी पनि सस्तियोNepal Khabar
- दानबहादुर कार्कीको रिट सर्वोच्चमा अध्ययन हुँदै, आज दर्ता हुने सम्भावनाSetopati
- Architecture students learn practical challenges of urban planning at DULT Monsoon Design Studio 2026The Hindu
- 4.2-magnitude earthquake hits HumlaOnlinekhabar English