म्याग्दीको झिनिया पर्वत, बागलुङ र पोखरासम्म, विदेशबाट पनि हुन्छ माग
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त छन् । उनले एक जना श्रमिक राखेर झिनिया बनाउँदै आएकी छिन् । छोराछोरी विदेशमा रहेकाले आफू र श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया उत्पादन गर्ने गरेको उनले बताइन् । ‘दशैँ तिहारमा करिब तीनदेखि चार लाखसम्मका झिनिया बिक्री हुन्छ,’ उनले भनिन्, ‘तिहारमा माग धेरै आउने भएकाले एक जना श्रमिक राखेर उत्पादन गरिरहेका छौँ ।
उत्पादित झिनिया बेनी बजार, म्याग्दीका ग्रामीण भेग, पर्वत, बागलुङ र पोखरासम्म बिक्री हुने गरेको छ । ’ हेर्दा आकर्षक, स्वादिलो र सजिलै तयार पारेर खान सकिने भएकाले चाडपर्वका समयमा झिनिया रोटीको खपत बढी हुने गरेको श्रेष्ठको अनुभव छ । मङ्गलाघाटकै हेमबहादुर पुनका १० जना परिवारका सदस्यहरु दैनिक झिनिया उत्पादनमा जुटेका छन् । पुनका अनुसार दैनिक एक बोरा चामलको पिठो बराबरको झिनिया उत्पादन हुने गरेको छ । दशैँ–तिहारमा झिनियाको माग बढी हुने भएकाले परिवारका सबै सदस्य मिलेर उत्पादन गर्ने गरेको उनले बताए ।
चाडपर्वको समयमा दुईदेखि तीन लाख सम्मको झिनिया बिक्री हुने गरेको उनको भनाइ छ । ‘बेनी बजारका साथै पोखराबाट पनि झिनियाको माग आउने गरेको छ । उत्पादन गर्न सके बिक्रीको समस्या छैन,’ उनले भने, ‘पछिल्लो दुई महिनादेखि दैनिक १० जना परिवारका सदस्य झिनिया बनाउने काममा लागेका छौँ ।
More society
- नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदैNepal Khabar
- आज गोरु तिहार: बली, हलि र गोरुको पूजा गरिँदैNepal Khabar
- तिहारको मैनबत्तीबाट आगो सल्कियो, ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर जलेर नष्टNepal Khabar
- Students turn their school’s flower farm into a Tihar businessKathmandu Post
- How students are the first line of resistanceThe Hindu
- नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछOnlinekhabar (Nepali)