नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका छन् । साथै यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुख्र्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय रहेको उनको भनाइ थियो ।
‘आजैका दिन भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइन्छ,’ प्रधानमन्त्री शाहले भनेका छन् । ‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्,’ उनले भनेका छन् ।
More society
- आज गोरु तिहार: बली, हलि र गोरुको पूजा गरिँदैNepal Khabar
- नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदैNepal Khabar
- तिहारको मैनबत्तीबाट आगो सल्कियो, ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर जलेर नष्टNepal Khabar
- Students turn their school’s flower farm into a Tihar businessKathmandu Post
- How students are the first line of resistanceThe Hindu
- Interview | Luke Kennard on writing against the technocratic times in his novel ‘Black Bag’The Hindu