लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । सरकारले लगानी तथा पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन प्रस्ताव गरेको विधेयकको मस्यौदामाथि निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक’ को मस्यौदामाथि आज सरोकारवालासँग छलफल आयोजना गरेको हो ।
त्यस अवसरमा सहभागी सरोकारवालाले क्षेत्रगत रूपमा कानुन संशोधनका लागि मौखिक सुझाव दिनुभएको सचिव सापकोटाले जानकारी दिए । छलफलमा सहभागीहरुले थप सुझाव लिखित रूपमा पनि उपलब्ध गराउने बताएको सापकोटाको भनाइ छ । सहभागीबाट प्राप्त सुझावका आधारमा आवश्यक कानुन संशोधनका लागि सम्बन्धित मन्त्रालयमा पठाइने छ ।
आगामी मङ्सिर २३ र २४ गते आयोजना हुने सार्वजनिक–निजी साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा छलफल आयोजना गरिएको हो । रासस
More business
- क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिनेNepal Khabar
- पर्यटन बोर्डको सीईओका लागि संक्षिप्त सूचीमा परे यी १६ जनाNepal Khabar
- धनतेरसमा भाँडाकुँडा र गहना किन्नेको बजारमा चहलपहलThaha Khabar
- सुदूरपश्चिम प्रदेशमा बजेटको लफडा: प्रतिवेदन बुझाउने अवधि सकियो, संसदीय समिति बन्नै सकेनNagarik News
- When feed prices crack the egg marketThe Hindu
- India Posts Payment Bank and Dept of Pension join handsThe Hindu