Skip to main content
राजनीतिThaha Khabar

धनतेरसमा भाँडाकुँडा र गहना किन्नेको चहलपहल

Read the full story at Thaha Khabar

धनतेरसमा भाँडाकुँडा र गहना किन्नेको चहलपहल

धनतेरसका अवसरमा नयाँ भाँडाकुँडा तथा धातुका सामग्री खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका कारण काठमाडौँको नयाँसडकसहित देशभरका विभिन्न बजारमा किनमेल गर्ने सर्वसाधारणको चहलपहल बढेको छ। धनतेरसलाई धन, समृद्धि र सुख–समृद्धिको कामनासहित मनाउने परम्परा छ। यो दिन विशेषगरी सुन, चाँदी, तामा, पित्तलका भाँडाकुँडा खरिद गर्ने चलन छ।

धार्मिक मान्यतानुसार धनतेरसमा नयाँ सामग्री घरमा भित्र्याउँदा धनधान्य र समृद्धि प्राप्त हुने विश्वास छ। धनतेरसलाई लक्षित गरी व्यापारीहरूले बजारमा विभिन्न प्रकारका भाँडाकुँडा तथा धातुका सामग्री राखेका छन्। साना तथा ठूला आकारका भाँडा, पूजा सामग्री, तामा र पित्तलका भाँडाकुँडादेखि दैनिक घरायसी प्रयोजनका सामग्रीसम्म बजारमा उपलब्ध छन्।

काठमाडौँका व्यापारिक क्षेत्रमा बिहानैदेखि सर्वसाधारण किनमेलका लागि पुग्न थालेका छन्। त्यसैगरी देशका अन्य प्रमुख शहर तथा स्थानीय बजारमा पनि धनतेरसको अवसरमा भाँडाकुँडा र धातुका सामग्री खरिद गर्नेको चहलपहल बढेको छ।