राजदूतमा अस्वीकृत चुडामणि खरेल पुगे सर्वोच्च, संसदीय सुनुवाइको निर्णय बदरको माग
Read the full story at Bizmandu
काठमाडौं। सरकारले मलेसियाका लागि राजदूतमा सिफारिस गरे पनि संसदीय सुनुवाइबाट अस्वीकृत भएका चुडामणि खरेल सर्वोच्च अदालत पुगेका छन्। संसदीय सुनुवाइले अस्वीकृत गरेको निर्णय बदरको माग गरेर खरेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
सर्वोच्चमा न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विवादमा दुवै पक्षलाई झिकाउने आदेश समेत गरेको छ। आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सम्बन्धमा निवेदनमा उठाएको विषयवस्तुको प्रकृति र गाम्भीरतालाई दृष्टिगत गर्दा, दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी हुने नहुने निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेश छलफलको लागि मिति २०८३।०७।३० को प्राथामिकता क्रममा राखी सो दिन सुनुवाइको सुनिश्चितता हुनेगरी पेसी तोकी विपक्षीहरुलाई सोको सूचना दिई नियमानुसार पेस गर्नू।’ सरकारले असोज २ गते खरेललाई राजदूतमा सिफारिस गरेको थियो। तर संसदीय सुनुवाइ समितिले खरेलको नाम अस्वीकृत गरेको थियो।
The post राजदूतमा अस्वीकृत चुडामणि खरेल पुगे सर्वोच्च, संसदीय सुनुवाइको निर्णय बदरको माग appeared first on BIZMANDU .
More politics
- प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैनNepal Khabar
- मधेस सरकारबाट नेकपाका मन्त्रीले दिए राजीनामाNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कतिNepal Khabar
- फेरि आयो अमिताभ बच्चनको बंगला बमले उडाउने धम्की, मुम्बईमा ‘अलर्ट’ जारीNepal Khabar
- न्यायाधीश कार्यकारी नेतृत्वसँग भेट्न जाने कुराले न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठ्छ: वर्षमानNepal Khabar