Skip to main content
अर्थतन्त्रRatopati

ब्रह्माण्डको सबैभन्दा ठुलो थ्रीडी नक्सा : १५ हजार ‘ग्र्याभिटेसनल लेन्सिङ’ सहित ९० करोड आकाशगङ्गाको खोजी

Read the full story at Ratopati

ब्रह्माण्डको सबैभन्दा ठुलो थ्रीडी नक्सा : १५ हजार ‘ग्र्याभिटेसनल लेन्सिङ’ सहित ९० करोड आकाशगङ्गाको खोजी

काठमाडौँ । ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा ठुलो थ्रीडी नक्सा तयार पार्ने अभियानमा रहेको ‘युक्लिड’ मिसन ले आफ्नो पहिलो मुख्य तथ्यांक सार्वजनिक गरेको छ। युरोपेली अन्तरिक्ष निकाय (ईएसए) को यस मिसनले पहिलो चरणमै ९० करोडभन्दा बढी ग्यालेक्सी (आकाशगङ्गा) र ‘डार्क युनिभर्स’ को रहस्य सुल्झाउन मद्दत पुर्‍याउने करिब १५ हजार दुर्लभ खगोलीय परिघटनाहरू सार्वजनिक गरेको हो।

सन् २०२३ को जुलाईमा प्रक्षेपण गरिएको युक्लिड मिसनले आकाशको एकतिहाइ भाग र १० अर्ब वर्षभन्दा पुरानो खगोलीय इतिहास समेटेर अहिलेसम्मकै ठुलो ब्रह्माण्डीय नक्सा तयार पार्ने लक्ष्य राखेको छ। ब्रह्माण्डको करिब ७० प्रतिशत हिस्सा ओगट्ने ‘डार्क इनर्जी’ र २५ प्रतिशत हिस्सा ओगट्ने ‘डार्क म्याटर’ को रहस्य पत्ता लगाउनु युक्लिडको मुख्य उद्देश्य हो। यस मिसनको बेलायतस्थित विज्ञान शाखा प्रमुख तथा एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक एन्डी टेलरले अन्य ठूला सर्वेक्षणहरू भए पनि युक्लिडजस्तो विस्तृत र जानकारीमूलक कुनै नभएको दाबी गरे।

‘हबल’ टेलिस्कोपले उच्च गुणस्तरका तस्बिर दिए पनि त्यसले आकाशको सीमित क्षेत्र मात्र समेट्न सकेको तुलना गर्दै टेलरले युक्लिडको क्षमता खुलाए। टेलरले भने, ‘हामी उच्च रिजोल्युसन कायम राख्दै आकाश र ब्रह्माण्डको विशाल क्षेत्रलाई नक्सांकन गर्न सक्छौँ।