Skip to main content
अर्थतन्त्रBizmandu

सोल्टी होटलको नाफा १५.२ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो १४ करोड २३ लाख

Read the full story at Bizmandu

काठमाडौं। सोल्टी होटलको वित्तीय अवस्थामा सुधार आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा होटलले १४ करोड २३ लाख रुपैयाँ मुनाफा कमाएको छ।

सोल्टीले पहिलो त्रैमासमा आर्जन गरेको मुनाफा पोहोर सोही अवधिको तुलनामा १५.२ प्रतिशत धेरै हो। पोहोर साउनदेखि असोज मसान्तसम्म सोल्टीले १२ करोड ३५ लाख रुपैयाँ मुनाफा कमाएको थियो। सोल्टीले तीन महिनामा आम्दानी १४.८९ प्रतिशतले बढाएर ७२ करोड १४ लाख रुपैयाँ पुर्‍याएको छ।

प्रति सेयर आम्दानी १.२१ रुपैयाँ र प्रति सेयर नेटवर्थ २९.९२ रुपैयाँ छ। दुई आर्थिक वर्ष पहिलो त्रैमासको वित्तीय विवरण सूचक २०८३/८४ २०८२/८३ फरक % चुक्ता पुँजी ११७५१५२००० १०२१८६२००० १५ कुल आम्दानी ७२१४१२००० ६२७९४०००० १४.८९ कुल खर्च ५५००३२००० ४८३८४९००० १३.६८ वित्तीय लागत ९९००० २३२२००० -९५.७४ कुल नाफा १४२३७५००० १२३५८६००० १५.२ प्रति सेयर आम्दानी (रुपैयाँ) १.२१ १.२१ ० प्रति सेयर नेटवर्थ (रुपैयाँ) २९.९२ २८.३ ५.७२ स्रोत : कम्पनीको ब्यालेन्स सिट The post सोल्टी होटलको नाफा १५.२ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो १४ करोड २३ लाख appeared first on BIZMANDU .