आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
Read the full story at Bizmandu
काठमाडौं। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
राति गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। त्यसैगरी, तराईका भू-भाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। The post आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना appeared first on BIZMANDU .
More environment
- पाँच दिन कतै वर्षा-हिमपातको सम्भावना छ कि छैनNepal Khabar
- How climate change is reshaping the way children grow upKathmandu Post
- गोरखामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्धDC Nepal
- एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रहOnlinekhabar (Nepali)
- प्लास्टिकजन्य फोहोर नजलाउन काठमाडौं महानगरको आग्रह, वायु प्रदूषणको जोखिम बढ्दैDC Nepal
- शरद ऋतुमा हिमाल आरोहणप्रति अन्तर्राष्ट्रिय आकर्षण: करिब ३२ करोड ४० लाख राजस्व संकलनDC Nepal