Skip to main content
समाजOnlinekhabar (Nepali)

गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

Read the full story at Onlinekhabar (Nepali)

गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

२३ कात्तिक, तुलसीपुर । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताए ।

सोही अनुरुप यो वर्ष पनि पूजा गरिएको उनको भनाइ थियो । ‘प्रत्येक वर्ष गाई तिहारको दिन यसरी गौशालामै पूजा गर्ने गरिन्थ्यो’, उनले भने, ‘यस वर्ष पनि सोहीअनुरुप गाई पूजा गरियो । ’ सोही दिन लक्ष्मीको हवन पूजासमेत गरिएको थियो ।

साथै विभिन्न दाताहरूले गाईलाई खानासमेत प्रदान गरेका थिए । जहाँ विश्वविद्यालयको जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याइएको छ ।