Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने

Read the full story at Onlinekhabar (Nepali)

अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने

सरकारले सिफारिस गरेको प्रेस काउन्सिल अध्यादेशमा सामाजिक सञ्जाल र पत्रकारिताको परिभाषा परिमार्जन गरिएको छ । अनि प्रेस काउन्सिलको क्षेत्राधिकार फेरबदल पनि भएको छ । १९ कार्तिक, काठमाडौं । सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार बढाउँदै उसले उजुरी नपर्दै पनि काउन्सिलले मिडिया कन्टेन्टमाथि छानबिन गर्ने पाउने गरी अध्यादेश ल्याएको छ ।

उक्त अध्यादेश मन्त्रिपरिषद्ले सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाएको छ । अध्यादेश अनुसार सामाजिक सञ्जालमा व्यक्त धारणा, विचार वा प्रतिक्रिया पत्रकारिताको परिभाषाभित्र पर्दैन । तर कसैले पत्रकारिता जन्य सूचनाका लागि सामाजिक सञ्जालका पेजहरू चलाउँछ भने त्यो काउन्सिलको दायराभित्र पर्छ । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेशअनुसार सञ्चारकर्मी, सामग्री निर्माता, प्रस्तोता, इन्फ्लुएन्सर र अरु जोसुकैले पत्रकारिता गरेपनि उनीहरूलाई समेत आचारसंहिता लागू हुने गरी प्रेस काउन्सिलको क्षेत्राधिकार फराकिलो बनाइदिएको छ ।

अध्यादेशमा व्यक्तिले व्यक्तिगत रुपमा समसामयिक विषयमा गरेको टिप्पणी, हास्य व्यंग्य, कला साहित्य र मनोरञ्जनका सामग्री पनि पत्रकारिताको परिभाषामा नपर्ने व्यवस्था छ । अध्यादेशले प्रेस काउन्सिललाई कुनै विषयमा स्वतः जानकारी लिएर छानविन गर्न पाउने सुविधा पनि दिएको छ । यसअघिको कानूनी व्यवस्था अनुसार, उजुरीपछि मात्रै प्रेस काउन्सिलको छानबिन क्रियाशील हुन्थ्यो ।