Skip to main content
राजनीतिSetopati

गर्भावस्थाका तीन चरणमा के–के हुन्छन् समस्या? (भिडिओ)

Read the full story at Setopati

गर्भावस्थाका तीन चरणमा के–के हुन्छन् समस्या? (भिडिओ)

'गर्भावस्था र सुत्केरी' महिला जीवनका संवेदनशील अवस्था हुन्। यस समयमा महिलाको शरीरमा हर्मोनल परिवर्तन हुन्छन्। शारीरिक असहजता, पर्याप्त निद्रा नहुनु, खानपिनमा रोकतोक र परिवारको सहयोग नपाउँदा मानसिक समस्या थप जटिल बन्न सक्छ। विशेषगरी श्रीमान् वैदेशिक रोजगारीमा रहेका, परिवारबाट टाढा एक्लै बस्ने वा आवश्यक समयमा साथ पाउन नसक्ने महिलामा यस्तो समस्या बढी देखिन सक्छ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. वसन्त शर्मा गर्भावस्था र सुत्केरी अवस्थामा महिलालाई परिवारको साथ र सहयोग अत्यन्त आवश्यक हुने बताउँछन्। उनका अनुसार गर्भावस्थाको सुरूदेखि नै महिलाको अवस्था बुझ्ने र सुत्केरी भएपछि पर्याप्त आराम तथा सहयोग उपलब्ध गराउने हो भने धेरै समस्या कम गर्न सकिन्छ। गर्भावस्थाका नौ महिनालाई तीन चरणमा विभाजन गरेर हेर्नुपर्ने डा.

शर्मा बताउँछन्। पहिलो तीन महिनामा वाकवाकी लाग्ने र धेरै बान्ता हुने समस्या देखिन सक्छ। यस्तो अवस्थामा महिलाले खान नसक्दा परिवारका सदस्यले नबुझेर खानपिनका विषयमा दबाब दिने गरेको उनी बताउँछन्। 'दोस्रो तीन महिना तुलनात्मक रूपमा सहज हुने भए पनि अन्तिम तीन महिनामा पेट ठूलो हुँदै जाँदा शारीरिक असहजता बढ्न सक्छ।