Skip to main content
खेलकुदRatopati

क्रिकेट मैदानबाट जलवायु न्यायको सन्देश : दर्शकदीर्घामा 'क्लाइमेट जस्टिस' ब्यानर

Read the full story at Ratopati

क्रिकेट मैदानबाट जलवायु न्यायको सन्देश : दर्शकदीर्घामा 'क्लाइमेट जस्टिस' ब्यानर

काठमाडौँ । काठमाडौं ।

लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच जारी क्रिकेट खेलका दौरान खेल मैदानको दर्शकदीर्घामा जलवायु न्याय लेखिएको ब्यानर प्रदर्शन गरिएको छ। खेलको रोमाञ्चक वातावरणबिच खेलप्रेमी तथा दर्शकहरूले यसरी ब्यानरमार्फत जलवायु परिवर्तनविरुद्ध सचेतना फैलाउँदै जलवायु न्यायको माग गर्नु खेलकुदसँगै सामाजिक मुद्दालाई जोड्ने एक महत्त्वपूर्ण र सकारात्मक प्रयासको रूपमा देखिएको छ।

खेल हेर्न पुगेका विद्यार्थीहरूले क्लाइमेट जस्टिस लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जलवायु परिवर्तन र यसले निम्त्याइरहेका विपद्प्रति सबैको ध्यानाकर्षण गराएका हुन्। त्रिशूलीलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षति र नागरिकले भोग्नुपरेको पीडालाई स्मरण गराउँदै उनीहरूले जलवायु संकटबारे अब बोल्ने मात्र होइन, जिम्मेवार निकायले जवाफ दिने र आवश्यक कदम चाल्ने बेला आएको सन्देश दिएका छन्।