आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
Read the full story at Thaha Khabar

काठमाडौं : राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ। कार्यालयले कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रशोधन पूरा गरेको हो। बाँकी बागमती प्रदेशका प्रतिष्ठानको तथ्याङ्क प्रशोधन कार्य भइरहेको गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार प्रशोधन गरिएका करिब ११ लाख व्यावसायिक प्रतिष्ठानका विवरणमा रहेका त्रुटि, दोहोरिएका विवरण तथा अङ्कगत असङ्गति सच्याएर तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्ने काम भइरहेको छ। आर्थिक गणनामा कूल १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटिएका थिए। गत वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गरिएको गणनामा सङ्कलित विवरणलाई सही, विश्वसनीय र उपयोगी बनाउन लगत प्रशोधनका विभिन्न चरण पूरा गरिँदै छ।
प्रतिष्ठानको प्रकृतिअनुसार औद्योगिक, व्यापारिक तथा सेवामूलक क्षेत्रका रूपमा वर्गीकरण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने निर्देशक ढकालले बताए। कागजी तथा डिजिटल फाराममा सङ्कलित विवरण केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्ट गर्ने काम अन्तिम चरणमा पुगेको छ। हालसम्म करिब सात लाख व्यावसायिक प्रतिष्ठानको विवरण प्रविष्ट गरिएको उनले जानकारी दिए।
More business
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- नक्कली भिडियो कलमार्फत उत्तर कोरियाली ह्याकरले लुटे ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सीRatopati
- Rupee rises 7 paise to 94.05 against U.S. dollar in early tradeThe Hindu