करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन
Read the full story at Nepal Khabar

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआईएस) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ। प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो। सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न आज बिहिबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ।
अनौपचारिक अध्ययनअनुसार इ(एमआईएस प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीका विवरणहरू दोहोरिएका छन्। यसरी प्रणालीमा देखिएको दोहोरो प्रविष्टिका आधारमा राज्य कोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोषाक, पाठ्यापुस्तक तथा अन्य सेवा सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै मन्त्रालयले छानबिन अघि बढाएको शिक्षा तथा खेलकुद मन्त्रीले बताए। 'हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौँ।
यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ। अब यसबारे थप छानबिन गरेर दोषीलाई कारबाही हुन्छ,' मन्त्री पोखरेलले भने। गठित समितिले इएमआईएस प्रणालीमा यति ठूलो संख्यामा विवरण दोहोरिनुको प्राविधिक कमजोरी वा नियतवश गरिएको बद्मासीबारे विस्तृत अध्ययन गर्नेछ।
More society
- चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा, ५० हजारभन्दा बढी प्रहरी परिचालनNepal Khabar
- Watch: Met Police interview Brand in 2025BBC
- Hong Kong police arrest operator of prisoner support group over allegedly seditious booksSouth China Morning Post
- Russell Brand is being investigated over two new rape complaints, police sayBBC
- Washington court broadens rules on divorce legal feesTimes of India
- देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ९ जना पक्राउDC Nepal