Skip to main content
समाजNepal Khabar

चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा, ५० हजारभन्दा बढी प्रहरी परिचालन

Read the full story at Nepal Khabar

चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा, ५० हजारभन्दा बढी प्रहरी परिचालन

प्रहरीले सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागी नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले पर्वलक्षित सुरक्षा कार्ययोजना बनाएर देशभर कार्यान्वयन ल्याएको जानकारी दिए। उनकाअनुसार सम्भावित सुरक्षा चुनौतीको पहिचान र विश्लेषण गरी जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी तथा प्रहरी परिचालन बढाइएको छ।

प्रहरीले सुरक्षा निगरानीका लागि सीसीटीभी क्यामेरा, बडीओर्न क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग गर्ने उनले बताए। विशेषगरी पटका तथा विस्फोटक पदार्थको अवैध आयात रोक्न सीमा नाका र भन्सार क्षेत्रको निगरानी कडा पारिएको उनले जानकारी दिए। देशभर विभिन्न स्थानमा चेकपोइन्ट स्थापना, आकस्मिक जाँच, गस्ती, पेट्रोलिङ तथा कमान्ड पोस्टमार्फत सुरक्षा व्यवस्थापन गरिएको तथा भीडभाड हुने स्थान, मेला तथा बजार क्षेत्रमा समेत प्रहरीको विशेष निगरानी बढाईएको उनको भनाई छ।

उनले भने, 'तिहारमा हुन सक्ने जुवातासका कुराहरु छन्, त्यसैगरी मादक पदार्थ सेवन गर्ने लागु पदार्थ सेवन गर्ने, होहल्ला गर्ने, आगलागी हुन सक्ने, कृतिम अभाव गर्ने वा कालोबजारी वा मिसावट मिठाईहरूमा मिसावटका कुराहरू छन्।