Skip to main content
वातावरणOnlinekhabar (Nepali)

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

Read the full story at Onlinekhabar (Nepali)

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

आयोग विवरण अनुसार सार्वजनिक कुल हानि-नोक्सानी ३ अर्ब ७ करोड ५५ लाख छ भने निजी क्षेत्रको कुल हानि-नोक्सानी ६१ अर्ब ९५ करोड ५५ लाख बराबर छ । २२ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण अनुसार हानि–नोक्सानीभन्दा पुनर्स्थापनका लागि थप २१ करोड बढी लाग्ने भएको हो ।

आयोगको मूल्यांकन अनुसार बाढीले सार्वजनिक क्षेत्रमा २३ करोड ५० लाख बराबर हानि पुर्‍याएको छ । त्यसैगरी निजी क्षेत्रको ११ करोड २० लाख हानि भएको छ । आयोगका अनुसार निजी क्षेत्रको नोक्सानी २ अर्ब ८४ करोड र सार्वजनिक क्षेत्रको ६१ अर्ब ८४ करोड बराबर नोक्सानी भएको छ । आयोग विवरण अनुसार सार्वजनिक कुल हानि–नोक्सानी ३ अर्ब ७ करोड ५५ लाख छ भने निजी क्षेत्रको कुल हानि–नोक्सानी ६१ अर्ब ९५ करोड ५५ लाख बराबर छ ।

आयोगको मूल्यांकनका आधारमा बाढी प्रभावित वित्तीय क्षेत्रको पुनर्स्थापनाका लागि कुल ६५ अर्ब २१ करोड ५७ लाख रुपैयाँ लाग्ने अनुमान छ । यसमा सार्वजनिक वित्त समेत समावेश छ । रसुवा बाढीका कारण विभिन्न बैंकका १५ शाखा कार्यालयमा पूर्ण क्षति पुगेको छ भने एउटा शाखा कार्यालय क्षतिग्रस्त अवस्थामा छ । बाढी क्षेत्रमा १२ बैंकका १७ शाखा थिए ।