Skip to main content
खेलकुदThaha Khabar

ब्याटरले अपेक्षाअनुरूप खेल्न सकेनन्– विराटनगरका प्रशिक्षक धमिका

Read the full story at Thaha Khabar

ब्याटरले अपेक्षाअनुरूप खेल्न सकेनन्– विराटनगरका प्रशिक्षक धमिका

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजसँग लज्जास्पद हारपछि विराटनगर किङ्सका प्रशिक्षक धमिका प्रसादले ब्याटरले खराब प्रदर्शन गर्दा हार बेहोर्नुपरेको बताएका छन्। हारपछि पत्रकार सम्मेलनमा श्रीलंकन प्रशिक्षक धमिकाले आशा गरिएको ब्याटर चल्न नसक्नु नै हारको कारण रहेको उल्लेख गरे। पिचमा बल केही घुमेर आए पनि कुनै पनि बाहना गर्न नमिल्ने उनको भनाइ छ।

ब्याटरले कहिलेकाहीँ अवस्था बुझेर खेल्नुपर्ने उनी बताउँछन्। यद्यपि खेलको अवस्थाअनुरूप खेल्न नसक्दा धराशायी भएको उनले उल्लेख गरे। हारलाई पिचको कारण नदिने उनले स्पष्ट पारे।

आन्द्रे रसेलको स्थानमा कसलाई राख्नेबारे अहिलेसम्म कुरा नभइसकेको प्रशिक्षक धमिकाले उल्लेख गरे। टिम मालिक पारस लुनियासँग कुराकानीपछि मात्र रसेलको विकल्पबारे भन्न सकिने उनले स्पष्ट पारे।