उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य
Read the full story at Onlinekhabar (Nepali)

नेपाली फुटबलको अवस्था के छ? खेलाडीहरू कहाँ छन्? कसैलाई पत्तो छैन । सम्बन्धित सरोकारवालाई पनि खासै चासो नभएको हो कि जस्तो देखिन्छ । ठिक यसै बेला नेपालमा फेस्टिभल अफ हिमालयजको रुपमा रहेको खेलकुदको ठूलो चाड नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सञ्चालन भइरहेको छ । चाडपर्व जस्तै एनपीएल पनि खेलकुदको चाड नै बनिसकेको छ । यही बेला नेपालको चर्चित खेलको रुपमा रहेको फुटबलको अवस्था भने सुनसान छ ।
अहिले नेपालमा फुटबलको कुरा हुने भनेको प्रिमियर लिग, च्याम्पियन्स लिग जस्ता विदेशी लिगहरूको मात्र हो । नेपाली फुटबलको अवस्था के छ? खेलाडीहरू कहाँ छन्? कसैलाई पत्तो छैन । सम्बन्धित सरोकारवालाई पनि खासै चासो नभएको हो कि जस्तो देखिन्छ । यदी सबै कुरा ठिकठाक हुन्थ्यो भने अहिले नेपाली फुटबल टोली साफ च्याम्पियनसप खेल्न बंगलादेशको ढाकामा हुन्थ्यो । साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा नेपाली टोली रणनीति बनाइरहेको हुन्थ्यो ।
तर अहिले अवस्था फरक छ । नेपालमा अहिले फुटबल गतिविधि शून्यजस्तै छ । सबैभन्दा ठूलो समस्या त अहिले नेपाली फुटबल निलम्बनमा छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्दा नेपालको अन्तर्राष्ट्रिय सहभागिता देखि राष्ट्रिय स्तरका लिगहरू अहिले सबै ठप्प अवस्थामा छ । यतिबेला नेपालमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट चलिरहेको छ ।
More sports
- लुटपाटमा संलग्नलाई पक्राउ गर्न काठमाडौँ प्रहरीले चलायो गोलीNepal Khabar
- Gaza holds final of tournament honouring more than 1,000 slain athletesAl Jazeera
- Team-mates carry coffin at funeral of Tenerife striker Jesus de MiguelBBC
- Top Japan FA official to stand against Infantino for FIFA presidencyAl Jazeera
- Ronaldo in records: International milestones from the football iconAl Jazeera
- What Harry Kane's new Bayern Munich contract means for England and the Premier LeagueBBC