आयो ‘चिरञ्जीवी भवः’ को ‘जाले रुमाल’
Read the full story at Onlinekhabar (Nepali)

काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा शब्दरचना दीपकप्रसाद आचार्यको छ । बाबुल गिरीको संगीत रहेको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीले स्वर दिएका छन् । गीतमा प्रयोग भएका मौलिक शब्दले समग्र गीतलाई बलियो बनाएको छ ।
टिपिकल शब्द छनोट र प्रयोग छ । बलियो हुकलाइने सिनेमाको यो गीतमा हिट हुने क्षमता प्रदान गरेको छ । सवाल–जवाफ समेत रहेको गीतको भिडियोमा विवाहको सेटअप छ । आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको सेटअपमा परिवारले गरेको रमाइलो गीतमा छ। गीतले सिनेमाका क्यारेक्टरको अन्तरसम्बन्ध उजागर गरेको छ । चलचित्रका पात्रहरूको पारिवारिक सम्बन्धलाई खोलेको छ ।
यसक्रममा सिनेमाका अधिकांश पात्र भिडियोमा देखिन्छन् । गीतको अन्तिमको दृश्यले थ्रिल दिने प्रयास गरेको छ । एक्सासि घट्ने घटनाले कुन रुप लिन्छ भन्ने कौतुहलता गीत र यसको भिडियोले सिर्जना गरेको छ । भिडियोमा कोरियोग्राफी गम्भीर विष्टको छ । ‘चिरञ्जीवी भवः’ मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । ‘चिरञ्जीवी भवः’मा हरिवंश ‘चिरञ्जीवी बाजे’ को क्यारेक्टरमा देखिँदैछन् ।
More politics
- Minister Bharath attends temple consecration ceremony in A.P.’s KurnoolThe Hindu
- BJP takes out protest march in Shivamogga against opposition to SIRThe Hindu
- Congress chief urges Puducherry government to provide cyclone-relief to affected people in Yanam without delayThe Hindu
- महँगियो भाइमसला, पेस्ता किलोकै ४ हजारOnlinekhabar (Nepali)
- ‘सरकारले यसरी नै काम गर्यो भने लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न’Onlinekhabar (Nepali)
- जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदनOnlinekhabar (Nepali)