Skip to main content
समाजSetopati

नक्कली भुटानी शरणार्थी अनुसन्धान ब्युँताएका मनोज केसी बने प्रहरी महानिरीक्षक

Read the full story at Setopati

नक्कली भुटानी शरणार्थी अनुसन्धान ब्युँताएका मनोज केसी बने प्रहरी महानिरीक्षक

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी प्रमुखबाट हटाएर केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक केसी अपराध अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन्। खासगरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको ठगी प्रकरणको अनुसन्धान अघि बढाउन खेलेको भूमिकाले उनलाई चर्चामा ल्याएको थियो।

उनी त्यही प्रहरी अधिकारी हुन्, जसले तत्कालीन राजनीतिक नेतृत्वसँग सम्बन्ध जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तहरूलाई पक्राउ गरेर अनुसन्धानको बाटो खोलेका थिए। पछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने प्रहरी टोलीको नेतृत्व पनि केसीले नै गरेका थिए। केसी २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका हुन्। उनी र निवर्तमान महानिरीक्षक कार्की एउटै ब्याचका प्रहरी अधिकारी हुन्।

२०८२ वैशाखमा एआइजीमा बढुवा भएका केसी यसअघि पनि प्रहरी महानिरीक्षकका प्रतिस्पर्धी थिए। तर तत्कालीन सरकारले उनीसहितका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीलाई प्रहरी प्रमुख नियुक्त गरेको थियो। उनी २०७९ पुस २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर गएका थिए।