आमाबुबाको मेहनतको प्रतिफल एनपिएलमा शतक, युवराज सम्रा भावुक
Read the full story at Setopati

पोखरा एभेन्जर्सका क्यानडेली ब्याटर युभराज साम्राले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो पहिलो शतक आमाबुबालाई समर्पित गरेका छन्। कर्णाली याक्सविरुद्ध शतकीय इनिङ खेलेपछि उनले आफ्नो क्रिकेट यात्रामा आमाबुबाले गरेको मेहनत र दिएको साथप्रति आभार व्यक्त गरे। ‘यो शतक मेरी आमा र बुवाका लागि हो। उहाँहरूले मेरो लागि धेरै मेहनत गर्नुभएको छ। आज म जहाँ छु, त्यसको श्रेय उहाँहरूलाई नै जान्छ,’ उनले खेलपछि भने।
नेपालमा खेल्न पाउँदा आफू निकै खुसी रहेको बताउँदै साम्राले नेपाली दर्शकको प्रशंसा गरे। नेपाली समर्थकको अगाडि खेल्नु विशेष अनुभव भएको उनको भनाइ थियो। कर्णालीविरुद्धको खेलमा शतक प्रहार गर्दा उनले आफ्नो ब्याटिङ योजना सरल राखेको बताए। ‘म आफ्नो योजनामा टिकिरहन्छु। सिधा खेल्ने र साइटस्क्रिनलाई लक्ष्य बनाउने मेरो योजना हुन्छ,’ उनले भने।
पावरप्लेमा आक्रामक ब्याटिङ गर्दै विपक्षी बलरलाई सुरुमै दबाबमा राख्नु आफ्नो रणनीति रहेको उनले खुलाए। क्रिजमा हुँदा धेरै सोच्नेभन्दा बलको अवस्था हेरेर निर्णय गर्ने उनको भनाइ छ। अनुभवी खेलाडीसँग खेल्दा आफूले धेरै कुरा सिक्ने अवसर पाएको साम्राले बताए। युरोपियन टी–२० प्रिमियर लिगमा स्टिभ स्मिथ र टिम डेभिडजस्ता खेलाडीसँग एउटै टोलीमा रहँदा उनीहरूको खेल्ने शैलीबाट सिकेको उनले सुनाए। उनीहरूबाट खेललाई सहज र सरल रूपमा लिनुपर्ने कुरा सिकेको साम्राको भनाइ थियो।
More politics
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्टNepal Khabar
- जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइतेNepal Khabar
- अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थानNepal Khabar
- ‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्यNepal Khabar
- चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैनNepal Khabar