एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य
Read the full story at Nagarik News

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको हो। जनकपुरका लागि कप्तान हरमित सिंहले २५ रन, विशाल सुस्लिङले १५ रन तथा सन्तोष कार्की र राहुल यादवले नटआउट १०/१० रन बनाए। अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन।
जनकपुरले ४५ रन जोड्दा आफ्ना महत्त्वपूर्ण ६ विकेट गुमाएको थियो। चितवनका लागि रन्जित कुमारले ३ विकेट लिए। मात्र ३ ओभर बलिङ गरेका उनले एक मेडनसहित २ रन दिएर ३ विकेट लिए। कमल ऐरी, सिकन्दर राजा र कामिल मिश्राको नाममा २ विकेट लिए ।
रिजन ढकालको नाममा एक विकेट रह्यो। प्लेअफको सम्भावना कायमै राख्न आज दुवै टोलीलाई जित्नै पर्ने दबाब छ। पाँचौं स्थानमा रहेको चितवनको ५ र छैठौं स्थानमा रहेको जनकपुरको ४ अंक छ। जारी लिगमा जनकपुरको यो अन्तिम खेल हो भने चितवनले अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ।
More environment
- चितवनको जितले २ टोली बाहिरिए, प्लेअफको बाँकी २ स्थानका लागि ३ टोलीको भिडन्तSetopati
- Andhra Pradesh emerges as a leader in India’s rooftop solar push: Union MinisterThe Hindu
- एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियोNagarik News
- युक्रेन वार्तामा रुसले थापेको ‘पासो’मा नफस्न युरोपलाई काल्लासको चेतावनीRatopati
- ८ वर्षपछि आफ्नै भवनमा सर्यो सशस्त्र प्रहरी गुल्मNagarik News
- नवनियुक्त चार न्यायाधीशले गरे पदवहालीRatopati