रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता
Read the full story at Bizmandu
काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले महिला राइडरहरूको सहभागितामा ‘मिस्टिक मस्ट्याङ राइड २’ सम्पन्न गरेको छ। कार्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइडमा ४० महिला राइडर सहभागी भएका थिए। पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइड मुस्ताङसम्म पुगेको थियो।
चारदिने यात्रामा सहभागी महिला राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए। महिला राइडरहरूलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने तथा राइडिङ समुदायमा महिलाको सहभागिता थप विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यसले महिला राइडरहरूबीच आपसी सम्बन्ध, अनुभव आदानप्रदान र सामुदायिक भावनालाई समेत थप बलियो बनाएको छ। रोयल इन्फिल्डले आफ्नो ‘प्युर मोटरसाइकलिङ’ को अवधारणाअनुरूप नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण तथा साहसिक यात्रालाई प्रवर्द्धन गर्दै आएको जनाएको छ।
कम्पनीले विभिन्न राइड तथा समुदायकेन्द्रित कार्यक्रममार्फत मोटरसाइकल पारखीहरूलाई जोड्दै आएको भनेको छ। अल्फा अटोमोटिभले नेपालमा महिला राइडरहरूको सहभागिता बढाउने, सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने तथा रोयल इन्फिल्ड समुदायलाई थप सशक्त बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
More society
- पहिलोपटक गाउँले भूमिकामा अनमोल, बुवाको धेरै फिल्म नखेलेकोमा मानिरहेका छन् पछुतोNepal Khabar
- तिहारको तयारीसँगै बजारमा चहलपहल (तस्बिरहरू)Nepal Khabar
- अमेरिकामा नेपाली नर्स ममता बेपत्ता प्रकरण : पति नरेशले अदालतमा के दिए बयानNepal Khabar
- आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाइ हुने, बिहीबार भएन दर्ताNepal Khabar
- जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउNepal Khabar
- दानबहादुर कार्कीको रिट सर्वोच्च अदालत प्रशासनको अध्ययनमै, तिहारअघि सुनुवाइ नहुनेDC Nepal