प्रचण्ड फोबिया त्याग्न ज्ञानेन्द्र शाहीलाई सुझाव
Read the full story at Nagarik News

नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले संघीय सांसद ज्ञानेन्द्र शाहीलाई प्रचण्ड फोबिया त्यागेर जुम्लाको विकास र समृद्धिमा केन्द्रित हुन सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत शाहीको राजनीतिक अभिव्यक्तिमाथि टिप्पणी गर्दै भण्डारीले गाली, आरोप र उत्तेजनाको राजनीतिले अब जनताको विश्वास जित्न नसक्ने बताएका छन्।
प्रचण्डलाई निरन्तर निशाना बनाउनुभन्दा जिल्लाको विकास र जनताका समस्यालाई प्राथमिकतामा राख्न उनले शाहीलाई आग्रह गरेका छन्। भण्डारीले प्रचण्डलाई अपराधीका रूपमा प्रस्तुत गर्ने दृष्टिकोणमाथि प्रश्न उठाउँदै पृथ्वीनारायण शाहको एकीकरण अभियान र तत्कालीन राजतन्त्रको भूमिकाबारे पनि प्रश्न गरेका छन्।
उनले राजनीति नेताप्रतिको घृणामा नभई विचार, नीति र परिणाममा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। जनताले आरोप–प्रत्यारोपभन्दा काम र समाधान खोजिरहेको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्व जनताका मुद्दा र विकासका सवालमा जवाफदेही बन्नुपर्ने सन्देश दिएका छन्।
In English
Suggestion to Gyanendra Shahi to abandon Prachanda phobia
Naresh Bhandari, co-in-charge of the Karnali Province of the Nepal Communist Party and former Law Minister, has suggested that federal lawmaker Gyanendra Shahi abandon his 'Prachanda phobia' and focus on the development and prosperity of Jumla. Commenting on Shahi's political expressions via social media, Bhandari stated that the politics of insults, accusations, and provocation can no longer win the trust of the people. He urged Shahi to prioritize the district's development and the problems of the people rather than continuously targeting Prachanda. Questioning the perspective that presents Prachanda as a criminal, Bhandari also raised questions about Prithvi Narayan Shah's unification campaign and the role of the then-monarchy. He emphasized that politics should be centered on ideas, policies, and results, not on hatred toward leaders. Noting that the public is looking for work and solutions rather than accusations and counter-accusations, he delivered the message that political leadership must be accountable for public issues and matters of development.
Machine translation — the original above is the story as filed.
More politics
- वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन: महेश बस्नेतNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar