कहिले फुट्ला एआई बबल ?
Read the full story at Onlinekhabar (Nepali)

अल्फाबेट र एनभिडियाजस्ता दिग्गज प्रविधि कम्पनीहरूको सेयर मूल्यमा हालै आएको तीव्र गिरावटले सन् २००० को डट–कम बबल दोहोरिन सक्ने आशङ्का बढाएको छ। के एआई कम्पनीहरू आफ्नो विशाल लगानीलाई दिगो आम्दानीमा रूपान्तरण गर्न सफल होलान् ? अक्टोबर २९ मा गुगलको मूल कम्पनी अल्फाबेटको सेयर मूल्यमा आएको तीव्र गिरावटका कारण एकै दिनमा करिब ४७५ अर्ब अमेरिकी डलरबराबरको बजार पुँजीकरण घटेको रिपोर्ट सार्वजनिक भयो। नोभेम्बर ५ मा चिप उत्पादक कम्पनी एनभिडियाको सेयर मूल्य ९.३ प्रतिशत घट्दा कम्पनीले एकै दिनमा ४४७ अर्ब डलरबराबरको बजार मूल्य गुमायो।
त्यही दिन अमेरिकी प्रविधि कम्पनीहरूको सेयरमा व्यापक बिक्री हुँदा नास्डाक कम्पोजिट सूचक ५.५ प्रतिशत र नास्डाक–१०० सूचक ६.३ प्रतिशतले घटे। सेयर मूल्यमा आएको गिरावटले लगानीकर्तामाझ एउटा पुरानै प्रश्न ब्युँझिएको छ : के कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको लगानी अर्को ठूलो वित्तीय बबलको सङ्केत हो ? सन् २००० को डट–कम बबल फुट्दा इन्टरनेट प्रविधिको भविष्यप्रति लगानीकर्ताको ठूलो उत्साह थियो। इन्टरनेटमा आधारित कम्पनीको सेयर मूल्य वास्तविक आम्दानी र व्यावसायिक क्षमताभन्दा धेरै माथि पुगेको थियो।
तर अपेक्षाअनुसार आम्दानी र नाफा हुन नसकेपछि ती कम्पनीको मूल्य तीव्र रूपमा घट्यो। धेरै कम्पनी बन्द भए, लगानीकर्ताले ठूलो नोक्सानी बेहोरे र नास्डाक सूचक ७७.९ प्रतिशतसम्म खस्कियो।
More politics
- अमेरिकाको आरोप : बेलायती हवाई अड्डामा आक्रमणको षड्यन्त्र गर्नेहरू इरान-समर्थितNepal Khabar
- भोटेकोसी विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक: अर्थमन्त्री वाग्लेNepal Khabar
- बालगृहमा बालिकालिकाले मनाए सामूहिक भाइटीकाNepal Khabar
- पोखरामा पर्यकटले पनि लगाए भाइटीकाNepal Khabar
- एनपीएलमा सर्वाधिक विकेट हरमितको नाममा, प्रतिस्पर्धामा को-को?Nepal Khabar
- तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्युNepal Khabar