आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड
Read the full story at Nagarik News

आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ। विज्ञानलाई समाजसँग जोड्दै शान्ति स्थापना र दिगो विकासका लक्ष्य हासिल गर्न वैज्ञानिक सहकार्यलाई प्रोत्साहन गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ। यस वर्षको दिवसको नारा ‘विज्ञान कूटनीतिमार्फत साझा समझदारी निर्माण’ रहेको छ।
विज्ञानको माध्यमबाट विभिन्न देशबीच आपसी समझदारी, सहकार्य र सम्बन्ध विस्तार गर्ने विषयलाई यस वर्ष प्राथमिकता दिइएको छ। जलवायु परिवर्तन, स्वास्थ्य संकट, वातावरणीय समस्या तथा अन्य विश्वव्यापी चुनौतीको समाधानका लागि विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण मानिन्छ। यस्ता चुनौतीको सामना गर्न विभिन्न देशबीच वैज्ञानिक ज्ञान, अनुसन्धान र प्रविधिको आदानप्रदान आवश्यक रहेकोमा जोड दिइँदै आएको छ। दिवसका अवसरमा विभिन्न विद्यालय, विश्वविद्यालय तथा वैज्ञानिक संस्थाहरूले विज्ञान प्रदर्शनी, अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेका छन्।
सन् २००१ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले यस दिवसको घोषणा गरेको थियो। सन् २००२ देखि हरेक वर्ष नोभेम्बर १० मा यो दिवस मनाउन थालिएको हो।
More world
- Trump says FBI is investigating Nvidia chief over alleged China spy linksKathmandu Post
- अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्रा महँगिएNepal Khabar
- Six injured as speeding BEST bus triggers multi-vehicle pile-up at Wadala traffic signalThe Hindu
- Deputy CM Pawan Kalyan to part ways with wife, Anna LezhnevaThe Hindu
- Trump says Iran war is 'effectively over' militarily with further strikes unlikelyBBC
- Chinese men risk lives to support girl stuck between window bars outside 12th-floor homeSouth China Morning Post