अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्रा महँगिए
Read the full story at Nepal Khabar

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, कुवेती दिनारसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्रा महँगिएका थिए। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा छ। हिजो युरो १ को खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ।
हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ २० पैसा र बिक्रीदर २०१ रुपैयाँ ०१ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा थियो।
More world
- Man Utd expected to sack head coach CarrickBBC
- Judge denies motion to dismiss Lindsay Clancy's murder caseBBC
- War On Iran Is "Effectively Over", Says Trump After Meeting With Qatari PMNDTV
- France blames Iran for cyberattack on supermarket fridgesFrance 24
- Can Hong Kong hold its ground as Nasdaq brings Wall Street into Asian hours?South China Morning Post
- Mass Killing in Poland Becomes Cause for a Political FightThe New York Times