सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले राष्ट्रपतिको उपस्थितिमा लिए शपथ
Read the full story at Bizmandu

काठमाडौं। सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त न्यायाधीशहरुलाई शुक्रबार एक समारोहबीच प्रधानन्यायाधीश डा.
मनोजकुमार केसीले शपथ गराएका हुन्। शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल पनि उपस्थित थिए। उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.
रत्नबहादुर बागचन्द तथा उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीलाई राष्ट्रपति पौडेलले शुक्रबार नै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए। उनीहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न न्याय परिषद्ले असोज २० गते गरेको सिफारिस संसदीय सुनुवाइ समितिले कात्तिक २१ गते सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। The post सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले राष्ट्रपतिको उपस्थितिमा लिए शपथ appeared first on BIZMANDU .
More environment
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुरNepal Khabar
- नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोडNepal Khabar
- नवनियुक्त चारै न्यायाधीशले लिए शपथNepal Khabar
- नेपालले प्राप्त गरेको जलवायु वित्तमा ऋणको हिस्सा धेरै, ‘अरुको गल्तीमा ऋणको भार न्यायोचित भएन’Bizmandu
- जनकपुरले जित्यो टस, चितवनलाई बलिङको निम्तो!Thaha Khabar
- As world gripped by climate emergency, COP31’s empty chairs signal low ambitionsFrance 24