जनकपुरले जित्यो टस, चितवनलाई बलिङको निम्तो!
Read the full story at Thaha Khabar

मड टेबलमा कडा प्रतिस्पर्धा गरिरहेका यी दुईबीचको खेल प्लेअफ समिकरणका लागि महत्वपूर्ण हुनेछ। २ खेल बाँकी रहेको चितवनलाई अबका खेलमा जितको विकल्प छैन भने अन्तिम खेल खेल्न लागेको जनकपुरलाई जितसँगै अन्य टोलीको नतिजामा समेत निर्भर हुनुपर्ने अवस्था छ। सिकन्दर राजाको कप्तानीमा रहेको चितवनले स्थिर प्रदर्शन गर्न सकेको छैन। आफ्नो पहिलो खेलमा विराटनगरलाई ८ रनले हराएको चितवनले वर्षा बाधक बन्दा लुम्बिनीसँग अंक बाँड्यो।
तेस्रोमा सुदूरपश्चिमसँग ५ विकेटले हारेको उसले त्यसपछि पोखरालाई ३० रनले हराए पनि पछिल्लो खेलमा काठमाडौंसँग १० रनको हार व्यहोरेको थियो। ५ खेलबाट ५ अंक जोडेको चितवनलाई अबका २ खेलमा जितको आवश्यकता छ। कर्णालीसँग १९ रनको हारबाट प्रतियोगिता थालनी गरेको जनकपुरले त्यसपछिका २ खेलमा काठमाडौंलाई ८ विकेट र पोखरालाई ९ रनले हराउँदै पुनरागमन गरे पनि पछिल्ला ३ खेलमा अंक जोड्न सकेको छैन। अन्तिम बलसम्म पुगेको खेलमा विराटनगरसँग २ रनको हारले जनकपुरलाई सिंगो समिकरणमै भारी परेको छ।
लुम्बिनीसँग १६ र सुदूरपश्चिमसँग २७ रनले हारेपछि जनकपुर प्लेअफको समीकरणमा कठिन अवस्थामा पुगेको हो। ५ खेलबाट ४ अंकमात्र जोडेको उसलाई अबको जितले ६ अंकमा पुर्याउने छ। तर मध्यतालिकामा प्रतिस्पर्धामा रहेका अन्य टोलीले २ खेल खेल्न बाँकी रहेको अवस्थामा जनकपुरलाई आफ्नो जितमात्र पर्याप्त हुनेछैन।
More environment
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुरNepal Khabar
- नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोडNepal Khabar
- नवनियुक्त चारै न्यायाधीशले लिए शपथNepal Khabar
- नेपालले प्राप्त गरेको जलवायु वित्तमा ऋणको हिस्सा धेरै, ‘अरुको गल्तीमा ऋणको भार न्यायोचित भएन’Bizmandu
- सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले राष्ट्रपतिको उपस्थितिमा लिए शपथBizmandu
- As world gripped by climate emergency, COP31’s empty chairs signal low ambitionsFrance 24