राती १२ बजेसम्म होटल सञ्चालन गर्न दिन माग
Read the full story at Nagarik News
.jpg&w=1920&q=70)
जिल्ला प्रशासन कार्यालय मोरङले राती साँढे १० बजेसम्म मात्रै होटल व्यवसाय सञ्चालन गर्न दिएको निर्देशन अव्यवहारिक भएको भन्दै विराटनगरका होटल व्यवसायी र अधिकारवादी संस्थाले विराटनगर महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्। बुधबार विराटनगरका होटल, रेस्टुरेन्ट तथा बार व्यवसायीहरू र अधिकारवादी संस्था साझा पहल समूहले विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन्। रात्रिकालीन व्यवसाय सञ्चालनका लागि प्रशासनले तोकेको समय सीमा र प्रहरी प्रशासनको धरपकडप्रति उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।
कार्यवाहक प्रमुखसँगको भेटमा व्यवसायी तथा अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय मोरङले होटल, रेस्टुरेन्ट, गजल, स्पा, क्लब तथा लउन्जजस्ता रात्रिकालीन व्यवसायहरू राति १०ः०० बजेभित्र गेट बन्द गर्नुपर्ने र १०ः३० बजेभित्र ग्राहक बिदा गरिसक्नुपर्ने गरी तोकेको सर्त व्यावहारिक नभएको बताएका छन्। उनीहरूले चाडपर्वको मुख्य समयमा यस्तो कडा नियम लगाउँदा व्यवसायीलाई ठुलो आर्थिक नोक्सानी हुनुका साथै व्यवसाय गर्ने स्वतन्त्रतामा समेत आघात पुगेको धारणासमेत राखेका थिए। व्यवसायीहरूले बुझाएको ज्ञापनपत्रमा गत कात्तिक १७ गते राति विराटनगर वडा नं.
३ स्थित ‘फिल गुड एण्ड ग्रिल प्रा.लि.’ मा भएको प्रहरी हस्तक्षेपप्रति रोष व्यक्त गरेका छन्।
More politics
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar