Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

नेपाली यू-१९ महिला टोली शृङ्खला खेल्न भारत जाँदै

Read the full story at Onlinekhabar (Nepali)

नेपाली यू-१९ महिला टोली शृङ्खला खेल्न भारत जाँदै

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर १० देखि २२ सम्म भारतको बेंगलुरुमा हुने नेपाल-भारत यू-१९ महिला टी२० सिरिजका लागि नेपाली यू-१९ महिला क्रिकेट टोली भारत प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । उनीहरूको बिदाइ पनि गरिएको हो ।

टोलीका अन्य सदस्यमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अन्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिका कुमारी महरा, आस्रा चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा छन् । नेपालले नोभेम्बर १२ मा भारत यू-१९ बीसँग पहिलो खेल खेल्नेछ भने नोभेम्बर १४ मा भारत यू-१८ ए टिमसँग खेल्नेछ । यस्तै नोभेम्बर १८ मा भारत यू-१९ बीसँग तेस्रो र नोभेम्बर २० मा भारत यू-१८ ए टिमसँग खेल्नेछ । आगामी २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ सम्म नेपाल र बंगलादेशले आयोजना गर्ने आइसीसी यू-१९ टी२० महिला विश्वकपको तयारी स्वरुप नेपाल यू-१९ टोलीले भारतमा सिरिज खेल्न लागेको हो ।

यसअघि सोनी पाख्रिनकै कप्तानीमा चिनमा भएको बेल्ट एन्ड रोड यू-१९ गर्ल्स टी२०आई सिरिजको उपाधि नेपालले जितेको थियो । चार राष्ट्र सहभागि सिरिजमा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको थियो ।