कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा
Read the full story at Nagarik News
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधनमा कपिलवस्तुका तीन स्थानीय तहले शुक्रबार शोक बिदा दिएका छन्। दीर्घरोगबाट लामो समयदेखि ग्रसित गुप्ताको बिहीबार बिहान कपिलवस्तु नगरपालिका–२ जमुहारस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो। २०२७ देखि २०५९ सालसम्म २५ वर्षभन्दा बढी समय स्थानीय नेतृत्वमा सक्रिय रहेका गुप्ताले प्रधानपञ्चदेखि मेयरसम्मको जिम्मेवारी सम्हालेका थिए।
उनको निधनप्रति दुःख व्यक्त गर्दै कपिलवस्तु नगरपालिका, महाराजगन्ज नगरपालिका र यशोधरा गाउँपालिकाले कात्तिक २७ गते शोक बिदा दिने निर्णय गरेका हुन्। तीनै स्थानीय तहले शोक विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने जनाएका छन्। गुप्ता २०२७ सालमा बरगदवा गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए।
२०३३ सालमा बरगदवा गाउँ पञ्चायत र तौलिहवा आदर्श गाउँ पञ्चायत एकीकरण भएपछि बनेको तौलिहवा आदर्श गाउँ पञ्चायतको उपप्रधानपञ्चसमेत भएका थिए। त्यसपछि २०३९ सालमा तौलिहवा आदर्श गाउँ पञ्चायतको प्रधानपञ्च र २०४३ सालमा तौलिहवा नगर पञ्चायतको निर्वाचनमा प्रधानपञ्च निर्वाचित भएका थिए। २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि २०४९ र २०५४ सालमा भएका स्थानीय निर्वाचनमा पनि उनी दुईपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नगरप्रमुखमा विजयी भएका थिए।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar