मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने
Read the full story at Onlinekhabar (Nepali)

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए । प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए । मधेश प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मतका लागि प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले हिजो पत्राचार गरेका थिए । विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वास लिनुअघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताए । नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।
More politics
- आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्यNepal Khabar
- भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइतेNepal Khabar
- विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने, यस्तो छ प्लेइङ ११Nepal Khabar
- निदाइरहेका मुकेश यादव माइक्रोबस भिरबाट खसेपछि ब्युँझिएNepal Khabar
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar