Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?

Read the full story at Onlinekhabar (Nepali)

इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?

राजनीतिमा प्रवेश गरेको चार वर्षमै सरकारको नेतृत्वमा पुग्न लागेका पूर्वसैन्य अधिकारी आइजनकोट अहिले नेतन्याहूका प्रमुख राजनीतिक प्रतिस्पर्धी बनेका छन् । लामो समयदेखि इजरायलको राजनीतिमा प्रभाव जमाउँदै आएका बेन्जामिन नेतन्याहूलाई चुनौती दिइरहेका आइजनकोट पूर्वसैनिक प्रमुख हुन् । आइजनकोट राजनीतिमा नयाँ अनुहार हुन् । उनले सन् २०२२ मा औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए । उनी नेसनल युनिटी पार्टीबाट इजरायली संसद्का सदस्य बनेका थिए ।

पछि वैचारिक मतभेदका कारण उक्त पार्टी छाडे । गत वर्ष विपक्षी दलका प्रमुख नेताहरूबाट अलग हुँदै उनले मध्यमार्गी दल ‘यासर’ गठन गरे । यासरको अर्थ ‘सीधा’ वा ‘इमानदार’ हुन्छ । त्यसपछि उनी नेतन्याहूका प्रमुख राजनीतिक प्रतिस्पर्धीका रूपमा उदाए । यस निर्वाचनमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी लिकुड पार्टी र उसका अतिदक्षिणपन्थी तथा अतिरूढिवादी यहुदी सहयोगीहरूले १२० सदस्यीय संसद्मा ५३ सिट जितेका छन् ।

पछिल्ला वर्षमा नेतन्याहू भ्रष्टाचारको आरोपमा घेरिँदै आएका छन् । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न नसकेको भन्दै उनको आलोचना भएको थियो । न्यायपालिकामा व्यापक परिवर्तन गर्ने उनको विवादास्पद योजनाले पनि देशभर विरोध प्रदर्शन निम्त्याएको थियो ।