छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने
Read the full story at Onlinekhabar (Nepali)

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन जनकपुरधाम आउन लागेका हुन् । रास्वपा मधेश प्रदेश कार्यालयले जारी गरेको सूचना तथा जानकारी पत्रअनुसार लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापतिबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । दिउँसो २ बजेदेखि ४ बजेसम्म सोही स्थानमा पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया हुने तालिका छ । साँझ ५ बजे छठ पर्वको पूजा खरना तथा अन्य तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म जनकपुरधामसहित आसपासका विभिन्न धार्मिक स्थलको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
यस क्रममा जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मिथियानी लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिरलगायतका धार्मिक स्थल पुग्ने कार्यतालिका छ । आइतबार दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित पवित्र गंगासागरमा आयोजना हुने छठ पर्वको पूजा अर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन् ।
More society
- Delhi Police files 450-page chargesheet in Aastha Kunj Park gangrape caseThe Hindu
- Driver from Theni found dead while in custody at Chekkanoorani police station in MaduraiThe Hindu
- कार्यक्रमको क्रममा कलाकारलाई प्रहरीले समातेर लगेपछिNagarik News
- TMC’s Abhishek appears at police station for questioning over social media postThe Hindu
- J&K Police zero in on LeT operative, two foreigners in Kulgam CRPF attackThe Hindu
- ‘I Play Rocky’ movie review: Anthony Ippolito makes this underdog story singThe Hindu