Skip to main content
समाजNagarik News

कार्यक्रमको क्रममा कलाकारलाई प्रहरीले समातेर लगेपछि

Read the full story at Nagarik News

कार्यक्रमको क्रममा कलाकारलाई प्रहरीले समातेर लगेपछि

शनिबार हास्य ड्रामा चलचित्र ‘क का कि की’ को कार्यक्रम राजथानीस्थित रञ्जना सिनेमाहलमा आयोजना गरियो। तर यो कार्यक्रममा अचानक एक घटना घटित भएको छ। कार्यक्रमको क्रममै कलाकारलाई प्रहरीले समातेर लगेर बाहिर लगेका छन्। हो यही नै भएको हो आज बिहान जहाँ ‘क का कि की’ को कलाकार गौरी मल्ललगायत निर्माण टिमको उपस्थिति ‘क का कि की’ को प्रचार–प्रसारका लागि जब सिनेमाहल पुगे। उक्त कार्यक्रममा मंसिर ११ देखि प्रदर्शनको तयारी रहेको चलचित्र ‘क का कि की’ को ट्रेलर सार्वजनिक गरियो।

निर्माण टिम तथा कलाकारले आ–आफ्नो कुरा राखे कुरा नसकिदै प्रहरीका केही जवान आएर सबैलाई जबर्जस्ति समातेर सिनेमाघर बाहिर लगे। तर पर्खिनुस यसमा केही ‘टुविस्ट’ छ, अचानक प्रहरी आउनु तथा यो घटना घट्नु पूर्वनिर्धारित योजना हो। जसरी यसअघिको एक कार्यक्रममा कलाकारहरु बन्दुक बोकेर आफ्नो चलचित्रकै पहिरणमा आएका थिए। हो त्यही भएको हो यो कार्यक्रममा पनि। यसलाई एउटा प्रचारको नयाँ शैली मानिएको छ।

अब कुरा गरौँ चलचित्रको ट्रेलरको कमेडि ड्रामा जनरामा बनेको यो चलचित्र एउटा बिकट गाँउको कथालाई देखाएको छ। जहाँ स्वास्थ्य सेवाको अभाव छ। अस्पताल बनाउन त्यहीका बासिन्दा एउटा योजना बनाउछन्–बैंक लुट्ने गाँउमा अस्पताल बनाउने। यही नै विषयवस्तुलाई समेटेर चलचित्र निर्माण भएको ट्रेलरले सन्केत दिएको छ।

In English

After police took away artists during the program

An unexpected scene was witnessed at the promotional program for the comedy-drama film 'Ka Ka Ki Ki' held at Ranjana Cinema Hall in the capital on Saturday. While the film's trailer was being released, the police took the production team, including artist Gauri Malla, into custody from the venue and took them outside. However, it was later revealed that this incident was just a planned 'twist' decided beforehand for the promotion of the film. Releasing on November 27, this film covers the story of residents of a remote village lacking health services who hatch a plan to rob a bank to build a hospital. Directed jointly by Vicky Agrawal and Shraddha Prasai, the film features actors including Gauri Malla, Tripti Nadkar, Rekha Thapa, and Mahesh Tripathi. Produced by the Comedy Darbar team, the film also features special roles by artists including Miss Pabi, Pawan Khatiwada, and Himesh Panta.

Machine translation — the original above is the story as filed.