Skip to main content
समाजRatopati

ठमेलमा मदिरा पिएर झैझगडा गर्ने चार चिनियाँ नागरिक पक्राउ

Read the full story at Ratopati

ठमेलमा मदिरा पिएर झैझगडा गर्ने चार चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ स्थित पर्यटकीय क्षेत्र ठमेलमा मादक पदार्थ सेवन गरी झैझगडा गरेको आरोपमा प्रहरीले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक २६ गते राति अन्दाजी ११ : १५ बजे ठमेलस्थित ‘फायर चोक’ अगाडि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सडकमा मदिरा सेवन गरी आपसमा होहल्ला तथा झैझगडा गरिरहेको अवस्थामा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेहरूमा राहदानी नम्बर नखुलेका २७ वर्षीय पुरुष ए हाओ, ३३ वर्षीय पुरुष ए गुई, ३५ वर्षीय पुरुष सियाओ ले तथा २९ वर्षीया महिला योङ सोय रहेका छन्। मदिरा सेवन गरी सार्वजनिक स्थानमा अशान्ति फैलाएको यस घटनाका सम्बन्धमा प्रहरी वृत्त लैनचौरले थप आवश्यक अनुसन्धान अघि बढाएको छ।