लगातार सातौं हारपछि पनि ओमान शीर्ष चारमा, नामिबियाले प्लेअफ खेल्ने
Read the full story at Onlinekhabar (Nepali)

१८ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश गरेको छ । यूएईविरुद्ध बुधबार भएको अन्तिम खेलमा हार बेहोरे पनि आवश्यक रनको सीमा पार गरेर नेट रन रेटमा नामिबिया भन्दा अगाडि रहँदै ओमानले शीर्ष चारमा स्थान पक्का गरेको हो । लिग–२ को २०२४–२०२६ चक्रअन्तर्गत अन्तिम खेलमा यूएईले दिएको २२७ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो ।
१०३ रन पूरा गरेपछि ओमान शीर्ष चारमा रहने निश्चित भएको थियो । खेलअघि ओमानलाई जित वा नेट रनरेटमा नामिबियाभन्दा अगाडि रहने गरी ठूलो अन्तरको हारबाट बच्नुपर्ने अवस्था थियो । पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२६ रन बनाएको थियो । ओमानका शाकिल अहमदले १० ओभरमा ४२ रन खर्चेर तीन विकेट लिए ।
यूएईका लागि बासिल हमिदले सर्वाधिक ४३ रन बनाए । जवाफमा ओमानले खराब सुरुवात गर्दै ११औं ओभरसम्म २८ रन बनाउँदा तीन विकेट गुमाएको थियो । हम्माद मिर्जा र विनायक शुक्लाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि टोलीले नियमित अन्तरमा विकेट गुमायो । ६८ रनमा पाँच विकेट गुमाएको ओमानका लागि मुजीबुर अली र नारायण सैशिवले महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई १०३ रनको सीमापारि पुर्याए ।
More sports
- त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमाNagarik News
- बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरुDC Nepal
- सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाईNagarik News
- Tennis great Rafael Nadal set to join Real Madrid boardAl Jazeera
- Tenerife’s Jesus de Miguel remembered in moving tributes by football worldAl Jazeera
- Andre Russell extends his stay for an extra match and vows to return next seasonKathmandu Post