Skip to main content
खेलकुदNagarik News

सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई

Read the full story at Nagarik News

सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सम्पन्न सातौँ सोल्मा अन्तरवडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३ को उपाधि इन्द्रेणीपोखरीले जितेको छ । सोल्मा स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा साकेला गाउँपालिका–५ मात्तिमलाई ३–० गोलले पराजित गर्दै इन्द्रेणीपोखरीले उपाधि जितेको हो । सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको इन्द्रेणीपोखरीले एकतर्फी तीन गोल गर्दा मात्तिमले कुनै गोल गर्न सकेन । उपाधिसँगै इन्द्रेणीपोखरीले एक लाख २२ हजार २२२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता मात्तिमले ७७ हजार ७७७ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजक क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नम्बर ५ लफ्याङ सेमिफाइनलमा पुगेका थिए । दुवै टोलीले जनही ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एञ्जल राई उदीयमान खेलाडी घोषित भए ।

इन्द्रेणीपोखरीका शुभराज राई उत्कृष्ट गोलरक्षक, सविन भुजेल उत्कृष्ट डिफेन्डर, विकास राई उत्कृष्ट प्रशिक्षक तथा विजय राई उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, मात्तिमका युसन राई उत्कृष्ट मिडफिल्डर र साहेल राई सर्वाधिक गोलकर्ता बने ।