पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस
Read the full story at Onlinekhabar (Nepali)

‘सहरमा हुँदा राति सपनामा पनि गाउँ देख्थेँ। विगतका स्मृतिहरू रिलझैँ आँखाअगाडि आइरहन्थे,’ कमल सुनाउँछन्, ‘सहरको रमझम, भिडभाड र कोलाहलभन्दा पर आफ्नै गाउँको स्वच्छ हावा, माटोको सुगन्ध र प्राकृतिक सौन्दर्यमा रमाउन मन लाग्थ्यो। ’ २६ कात्तिक, तनहुँ । सहरको सुविधासम्पन्न जीवन, आफ्नै पाँचतले घर र दुई दशकभन्दा लामो जागिरे जीवन छाडेर गाउँ फर्किनु धेरैका लागि सहज निर्णय होइन। तर डा.
कमल पण्डितका लागि भने सहरको भीडभाड र कोलाहलभन्दा गाउँको माटो, स्वच्छ हावा र प्रकृतिको काख प्रिय बन्यो। गाउँको सम्झनाले बारम्बार तानिरहने मनलाई उनले धेरै समय रोक्न सकेनन्। अन्ततः उनी गाउँ फर्किए र कृषि तथा पर्यटनलाई जोड्ने उद्देश्यसहित सुरु गरे, ‘बन्दीपुर फार्म हाउस स्टे’। नेपाल र चीनका जनताबीचको जनस्तरीय सम्बन्ध विषयमा विद्यावारिधि गरेका कमलको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि पनि सामान्य छैन। कानुनमा स्नातक, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी चिनियाँ भाषामा समेत दख्खल राख्छन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा २३ वर्ष काम गरेका उनले उपदान लिएर जागिर छाडे। चितवनको भरतपुरस्थित इन्द्रेणी चोकमा उनको पाँचतले घरसमेत छ। तर यी सबै सुविधा र अवसरले उनलाई गाउँको मोहबाट टाढा राख्न सकेनन्। ‘सहरमा हुँदा राति सपनामा पनि गाउँ देख्थेँ।
More business
- कर छुट सुविधाले पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलनNepal Khabar
- Noel Tata retires as Tata Investment chaiperson; Bahram Vakil to succeed himThe Hindu
- जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरारDC Nepal
- दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सांसद गजुरेलले भने : सडक सुरक्षा सुधार गर्न ठुलो मिहिनेत र लगानी गर्नुपर्छNagarik News
- A.I. and Market WhiplashThe New York Times
- आइपीओ बेचेको २० वर्षसम्म छैन प्रतिफल, यी हुन् लाभांश नदिने ९७ कम्पनीBizmandu