यू-१९ बाट तीन खेलाडी समेट्दै राइजिङ स्टार्स एसिया कप खेल्ने यूएईको टोली घोषणा
Read the full story at Onlinekhabar (Nepali)

२५ कात्तिक, काठमाडौं । कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि यूएईले टोली घोषणा गरेको छ। यूएईले सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी र यू-१९ टोलीका खेलाडीलाई समेट्दै टोली सार्वजनिक गरेको हो। टोलीको कप्तानी बासिल हमिदले गर्नेछन्।
सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका उनीसँगै आर्यंश शर्मा, इथान डिसुजा, शोहेब खान, मुहम्मद शाहदाद, अवेश अली शाह, अंश टन्डन, ओमिद रहमान र जाहिद अली टोलीमा छन्। यस्तै, यू-१९ टोलीका कप्तान अयान मिसबाहसँगै नूरउल्लाह अयोबी र उदीस सुरीले पनि टोलीमा स्थान बनाएका छन्। अयानको कप्तानीमा यूएईले नेपाललाई यू-१९ एसिया कपमा पराजित गरेको थियो। राइजिङ स्टार्स एसिया कपमा नेपाल, भारत ए, पाकिस्तान ए र यूएई एउटै समूहमा छन्।
प्रतियोगिता नोभेम्बर १९ देखि २९ सम्म कतारमा हुनेछ। नेपालमा नेपाल प्रिमियर लिग (एनपीएल) जारी रहेकाले नेपाली टोली भने घोषणा भइसकेको छैन। एनपीएलको फाइनल नोभेम्बर २१ मा हुनेछ भने नेपालले नोभेम्बर २० मा भारत एसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
More sports
- Bengaluru police recover M.M. Somaya’s 1980 Olympic gold medal, seven other international medals; two arrestedThe Hindu
- फेरिँदै देउसीभैलो खेल्ने शैलीThaha Khabar
- Iran's football team's plane returns after entry denied in Iraq due to US sanctionsTimes of India
- फेरिँदै देउसीभैलो खेल्ने शैलीDC Nepal
- On Dakar’s Packed Beaches, Africa Welcomes Its First Youth OlympicsThe New York Times
- चितवनमा कौडा खेल्ने १८ जना पक्राउOnlinekhabar (Nepali)